दुई महिनादेखि पेट्रोलियम पदार्थको मूल्य स्थिर

काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्य स्थिर रहेको छ । विगत दुई महिनादेखि पेट्रोलियम पदार्थको मूल्य नबढाइएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमले पाइपलाइनबाट तेल ल्याएपछि भदौ २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रूपैयाँ घटाएर १ सय ७ र ९५ पुर्याएको थियो । यसअघि प्रतिलिटर डिजेल/मट्टितेल ९७ र पेट्रोल १ सय ९ रूपैयाँमा तोकिएको थियो । ग्यासको मूल्य भने असोज ३ गते  १३ सय ५० तोकेको थियो । यस अघि ग्यास १३ सय ५० रूपैयाँमा बिक्री हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कायम रहेको पेट्रोलियम पदार्थको मूल्य अनुरूप निगमलाई १६ नोभेम्बरमा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त भएको नयाँ मूल्य अनुरूप खरिद मूल्यमा पेट्रोलमा प्रतिलिटर रू. १.६५ बढेर आएको र डिजलमा प्रतिलिटर ०.०८ घटेर आएको छ ।

विगतको तुलनामा कच्चा तेलको मूल्य वृद्धि भएपनि सर्वसाधरणको हितलाई ध्यानमा राखी हाललाई पेट्रोलियम पदार्थको साविककै बिक्री मूल्यलाई यथावत कायम राखिएको निगमले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री