जापानबाट पैसा पठाउने गोबिन्द थापा बने सिटी एक्सप्रेसको पहिलो लखपति

काठमाडौँ । सिटी एक्स्प्रेसले ‘लखपति एक्सप्रेस २०७६’ को पहिलो महिनाको लखपति घोषणा गरेको छ । लखपति एक्सप्रेसको पहिलो महिनामा बागलुङका गोबिन्द बहादुर थापा लखपति बनेका छन् ।

पछिल्लो समय जापानमा बस्दै आएका थापाले सिटी एक्सप्रेस मार्फत नेपाल पैसा पठाउँदा असोज महिनाको पहिलो लखपति बनेर एक लाख रुपैयाँ जितेका हुन् । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार एक लाख (१,०००००) रुपैयाँ गोबिन्द बहादुर थापाकी छोरी सिर्जना थापालाई हस्तान्तरण गरिएको छ ।

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ ‘न यति न उति सिधै लखपति’ उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १० जनाले जित्न सक्ने्, त्यसैगरी साप्ताहिक रुपमा एक जना विजेताले रु १०,००० र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले रु १००,००० जित्न सक्ने्, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप रु १०,००,००० जित्न सक्ने छन् ।

असोज एक गतेदेखि सुरु भएको यो योजना मंसिर ३० गतेसम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । कम्पनीका अनुसार, यस उपहार योजना अबधीमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत ६३० जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ८ जना विजेताले रु १०,००० जितिसकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत बिजेता छनौट गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपल्स च्वाइस अवार्ड

काठमाडौं । नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिङ र सेन्जेनमा भएको एसिया प्यासिफिक …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds