सिद्धार्थ बैंकले तीन महिनामा कमायो ५२ करोड नाफा

काठमाडाैं । सिद्धार्थ बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ५२ करोड १४ लाख ३९ हजार नाफा कमाएको छ । जसमा वितरणयोग्य नाफा १८ करोड ९८ लाख छ ।

सोही समयमा बैंकले १ खर्ब १८ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । पहिलो तीन महिनामा बैंकले १ अर्ब ४३ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा १८ करोड ९८ लाख रुपैयाँले बढेको छ । यस्तै, बैंकको सिसिडी रेसियो ७७.३६ प्रतिशत छ ।

बैंकको निष्कृय कर्जा अनुपात १.४० बाट १.२८ प्रतिशत पुगेको छ । हाल बैंकको जगेडा कोषमा ४ अर्ब १६ करोड रुपैयाँ छ । बैंकले पहिलो तीन महिनामा आधार दर १०.०२, स्प्रेड रेट ४.४३ छ । बैंकको प्रतिशेयर आम्दानी २३.०३ तथा प्रतिशेयर नेटवर्थ १७३.२७ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट ३ अर्ब ३३ करोड ऋण लिने, यी क्षेत्रमा परिचालन गरिने

काठमाडौँ । ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर (करिब ३ अर्ब ३३ करोड …

प्रतिकृया दिनुहॊस