१६ करोड ठगी आरोपपछि राज्यमन्त्रीकाे राजीनामा

काठमाडाैं । ठगी आरोप लागेका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेशका मन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा दिएका हुन् ।

मन्त्री रावलविरुद्ध जिल्ला अदालत कञ्चनपुर ठगी र किर्ते मुद्दा दायर भएको थियो । मन्त्री रावलविरुद्ध जन ज्योति एजुकेशनल फाउन्डेसनको सेयर रकम करिब १६ करोड रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दायर भएको हो ।

सम्पत्ति शुद्धीकरण विभागले पनि मन्त्री रावलमाथि छानबिन सुरु गरेको छ । रावलको राजीनामा स्वीकृत भने भैसकेको छैन । रावल कञ्चनपुर क्षेत्र नम्बर ३ को प्रदेशसभा क्षेत्र (क)बाट निर्वाचित भएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेकपा एसको अध्यक्षमा घनश्यामको दाबी, झलनाथको समर्थन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने भएका छन् । सम्मानित नेता …

प्रतिकृया दिनुहॊस