काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँनोट नछाप्ने भएको छ । वर्षदिनमै पुरानो भएपछि बैंकले नयाँनोट नछाप्ने योजना बनाएको हो ।
विशेषगरी १०, २० र ५० का नयाँनोट नछाप्ने र गोदाममा रहेका नोट प्रयोग गर्ने बैंकको तयारी छ । दशैँमा १०, २० र ५० का नोटको बढी प्रयोग हुने गरेको छ ।
नेपालमा नोटको सुरक्षामा ध्यान नदिँदा वर्षेनी करोडौँ रुपैयाँ खर्च भैरहेको भन्दै बैंकले नागरिकस्तरमा कसरी पैसा सफा राख्ने ? भन्ने विषयमा जनचेतना दिने प्रयास गरिरहेको बताएको छ । तर पनि पैसामा केरकार गर्ने, फोहोर गर्ने, कच्याककुचुक पार्नेलगायतका समस्या हटेका छैनन् ।
अघिल्लो वर्षको दशैँमा पनि नेपाल बैंकले नयाँ नोटको लागि ७९ करोड खर्च गरेको थियो । हरेक वर्ष नोट मैलो र च्यातिने हुँदा बैंकले छपाइका लागि ठूलो मात्रामा पैसा खर्च गर्दै आएको छ ।
प्रतिकृया दिनुहॊस