राष्ट्र बैंकले दशैँका लागि नयाँनोट नछाप्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँनोट नछाप्ने भएको छ ।  वर्षदिनमै पुरानो भएपछि बैंकले नयाँनोट नछाप्ने योजना बनाएको हो ।

विशेषगरी १०, २० र ५० का नयाँनोट नछाप्ने र गोदाममा रहेका नोट प्रयोग गर्ने बैंकको तयारी छ । दशैँमा १०, २० र ५० का नोटको बढी प्रयोग हुने गरेको छ ।

नेपालमा नोटको सुरक्षामा ध्यान नदिँदा वर्षेनी करोडौँ रुपैयाँ खर्च भैरहेको भन्दै बैंकले नागरिकस्तरमा कसरी पैसा सफा राख्ने ? भन्ने विषयमा जनचेतना दिने प्रयास गरिरहेको बताएको छ । तर पनि पैसामा केरकार गर्ने, फोहोर गर्ने, कच्याककुचुक पार्नेलगायतका समस्या हटेका छैनन् ।

अघिल्लो वर्षको दशैँमा पनि नेपाल बैंकले नयाँ नोटको लागि ७९ करोड खर्च गरेको थियो । हरेक वर्ष नोट मैलो र च्यातिने हुँदा बैंकले छपाइका लागि ठूलो मात्रामा पैसा खर्च गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपल्स च्वाइस अवार्ड

काठमाडौं । नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिङ र सेन्जेनमा भएको एसिया प्यासिफिक …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds