मुक्तिनाथ विकासद्धारा श्री कमलादी गणेश विकास तथा जात्रापर्व सहयोग समितिलाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका कमलादी, स्थित श्री कमलादी गणेश विकास तथा जात्रापर्व सहयोग समितिलाई कमलादी गणेश मन्दिर परिसरमा सिसि क्यामेरा जडान गर्न आर्थिक सहयोग गरेको छ ।

उक्त सहयोग रकम मुक्तिनाथ विकास बैंकका बजारीकरण विभागका प्रमुख बसन्त बक्सीले श्री कमलादी गणेश विकास तथा जात्रापर्व सहयोग समितिका संयोजक रविन महर्जनलाई हस्तान्तरण गरे ।

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी १२० वटा शाखा, २२ वटा ए.टि.एम. र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका ब्त्ः बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको छ । हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सुचना अधिकारी ी तिल बहादुर गुरुङ्गले जानकारी दिए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाण्डौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन …

प्रतिकृया दिनुहॊस