नेपाल इन्भेष्टमेण्ट बैंकले जेबिल्स फाईनान्सलाई प्राप्ति गर्ने

काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट बैंकले जेबिल्स फाईनान्सलाई प्राप्ति गर्नको लागि विशेष साधारण सभाको आयोजना गरी विशेष प्रस्ताव पारित गरेको छ । शुक्रबार आयोजित विशेष साधारण सभा मार्फत विशेष प्रस्ताव पारित गरिएको हो ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूंजी १२.५९ अर्ब र जेबिल्स फाईनान्सको चुक्ता पूंजी ०.८४ अर्ब भएकोमा जेबिल्स फाईनान्सको १०० को एक शेयर बराबर ३३ प्रदान गर्ने प्रस्ताब पारित भए मुताबिक जेबिल्स फाईनान्स प्राप्तिपछि एनआईबिएलको चुक्ता पूंर्जी १२.८७ अर्ब पुग्ने छ ।

जेबिल्स फाईनान्सको प्राप्तिपछि बैंकको कुल निक्षेप १ सय ४७ अर्ब रुपैयाँ पुग्ने छ भने कूल कर्जा १ सय ३२ अर्ब  रहने छ । जेबिल्स फाईनान्सको प्राप्तिपछि पनि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत नै रहनेछ ।

जेबिल्स फाईनान्सको प्राप्तिपछि पनि एनआईबिएलको हालकै संचालक समिति तथा प्रमुख कार्यकारी अधिकृत कायम रहने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds