कुमारी बैंकको एटिएम सगरमाथाको फेदमा

काठमाडाैं । कुमारी बैंकले सगरमाथा आरोही, त्यस क्षेत्रका पर्यटक तथा स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्ने उद्देश्यले सगरमाथाको फेद, सोलुखुम्बुको दिङ्गबोचेमा एटिएम सुविधा सुचारू गरेको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका-४, दिङ्गबोचे, सोलुखुम्बु स्थित ४,४१० मिटर (चार हजार चार सय दश मिटर) उचाइमा अवस्थित उक्त एटिएम देशकै सबैभन्दा उचाइमा रहेको एटिएम भएको बैंकको भनाइ छ । शाखाको उद्घाटन बैंकका नायब महाप्रबन्धक मनिष तिमिल्सिना तथा त्यस क्षेत्रका वरिष्ठ वासिन्दा फु ताशी शेर्पाले संयुक्त रुपमा गरे ।

हालसम्म बैंकले देशभर रहेका ९० शाखा सञ्जाल, ८४ एटिएम, ३ एक्टेनशन काउन्टर लगायत ३ वटा शाखारहित ईकाई मार्फत बैंकिङ कारोबार गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप