भोजपुर । भोजपुर सदरमुकाममा बस्दै आएकी एकजना आमाले आफ्नै नाबालक छोरालाई अचानोमा राखेर खुकुरीले काटी हत्या गरेकी छन् ।
राप्रसाद गाउँपालिकास्थित बासिखोरा घर भइ भोजपुर नगरपालिका-९ पानीट्यांकीमा बस्दै आएकी २५ वर्षीया सम्झना थापाले मंगलबार बिहान २२ महिने छोरालाई छोरो सम्बोधनलाई अचानोमा राखेर दुई टुक्रा परेकी हुन् । मंगलबार बिहान ७ बजेको समयमा अचानोमा राखेर काट्दा छोरा सम्बोधनको शिर र टाउको दुईटुक्रा भएको थियो ।
स्थानीय छिमेकीले सम्झनाको मानसिक सन्तुलन ठीक नभएको दाबी गरेका छन् । पानीट्यांकीमा बस्दै आएकी सम्झनाले भेनाजु रमन राईको घरको माथिल्लो तलामा लगेर छोरालाई खुकुरीले दुई टुक्रा बनाएकी हुन् ।
लघुवित्त कम्पनीमा जागिरे नाबालकका बाबु सूर्यबहादुर थापा कामको क्रममा सदरमुकाम बाहिर गएका बेला यस्तो घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी केशवकुमार थेबेले बताएका छन् ।




