काठमाडौं । भारतमा जारी लोकसभा निर्वाचनको मतगणनामा सत्तारुढ गठबन्धन एनडीए ३१० स्थानमा अगाडि छ । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन यूपीए १११ स्थानमा मात्र अगाडि रहेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा निर्वाचनको प्रारम्भिक मत परिणाममा आफ्ना प्रतिस्पर्धीभन्दा धेरै अगाडि देखिएका छन् । उनी बाराणसी निर्वाचन क्षेत्रबाट चुनावमा लडेकाक छन् ।
दैनिक भास्करका अनुसार मोदीले २१ हजार २ सय ३६ मत ल्याउँदा कांग्रेसका अजय राय ९९८४ मतमा सीमित देखिएका छन् । तेस्रो स्थानमा रहेकी शालिनी यादवले ९२६१ मत पाएकी छन् ।
प्रतिकृया दिनुहॊस