दैनिक उपभोग्य वस्तुको मूल्य थप अकासिँदै

काठमाडौं। दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएर उपभोक्ताको भान्सा चलाउनै मुस्किल हुन थालेको छ । सरकारी निकायको अनुगमन निष्प्रभावी हुँदा व्यवसायीले दैनिक उपभोग्य वस्तुमा निष्फिक्री मूल्य बढाइरहेको पाइएको छ ।

एक सातामै दैनिक उपभोग्य वस्तुका रूपमा रहेको हरियो तरकारीमा प्रतिकेजी २० देखि ३५ रुपैयाँ बढेपछि उपभोक्तालाई भान्सा चलाउन मुस्किल भएको हो । बुधबार मात्र गोलभेडाको बाहिरी बजार मूल्य र कालिमाटी तरकारी बजारको औसत मूल्यको तुलना गर्दा ३५ रुपैयाँले फरक रहेको पाइएको छ । राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले एक साताको अवधिमा केही वस्तुमा २ सय प्रतिशतले बजार महँगी बढेको बताए ।

उपभोक्ताले अस्वाभाविक रूपमा बढेको मूल्य वृद्धिका कारण पीडित हुनु परेको गुनासो गरेका छन् । सरकारको अनुगमन संयन्त्र निष्प्रभावी भएको भन्दै उपभोक्ता सरकारप्रति आक्रोशित छन् । आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक हुने दिन नजिकिँदै गर्दा मूल्य वृद्धि अकासिन पुगेको हो । अध्यक्ष महर्जनका अनुसार सरकारी स्तरबाट अनुगमन हुन नसक्दा व्यापारीले जथाभावी रूपमा मूल्य वृद्धि गरिरहेका छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस