कानको दुखाइबाट यसरी पाउनुस् छुटकारा

काठमाडाैँ । चिसो लाग्दा कानको दुखाइ बढ्न सक्छ । त्यही कारणले मात्र होइन, कानमा फोहोर जम्दा पनि कानी दुख्ने गर्छ । त्यस्तै पानी पसेर या अन्य कुनै छालाको औषधि कानमा पर्दा पनि कान दुख्ने गर्छ । कानको दुखाइ दाँतको दुखाइजस्तै कष्टकर पनि हुने गर्छ ।

यस्तो अवस्थामा घरेलु उपाय पनि अपनाउन सकिन्छ । कानमा आइरहेको गुनगुन आवाजलाई बदामको तेलको केही थोपा हाल्दा त्यो टाढा जान्छ । त्यस्तै प्याजलाई पिसेर मलमलको कपडाले निचोरी त्यसको दुई थोपा राख्दैमा यसले सहज बनाउँछ ।

कानको दुखाइ हुँदा तुलसीको रस राख्दा पनि दुखाइ कम हुने गर्छ । त्यस्तै नीमको पात र लसुनलाई मिलाएर यसको रस लगाउँदा पनि कानको दुखाइ कम हुन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचारको तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचार गर्नेे व्यवस्थाको लागि पहल गरिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एकद्धार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले, पापी भएको कारण फिस्टुला रोग लाग्छ भन्ने अमानविय परम्परागत मान्यता रहेको गुनासो गरे ।

प्रतिकृया दिनुहॊस