काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सधै प्रेस स्वतन्त्रताका पक्षमा लड्ने बताएका छन् । देउवाले आइतबार नेपाल पत्रकार महासंघको नेतृत्वले आफ्नै निवास बूढानीलकण्ठमा पुगेर बुझाएको ज्ञापन पत्र बुझ्दै आफ्नो पार्टी प्रेस र अभिव्यक्ति स्वतन्त्रको पक्षमा सदैव उभिएको दाबी गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो पार्टी लडिरहने प्रतिबद्धता पनि व्यक्त गरे। उनले भने, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको लागि अनिवार्य हो । कांग्रेस त्यसको विपक्षमा सोच्न पनि सक्दैन ।’
उनले पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकार प्रेसप्रति अनुत्तरदायी भएको आरोप समेत लगाउँदै प्रेसमाथिको ज्यादतीप्रति भर्सना समेत गरेका छन् ।
प्रतिकृया दिनुहॊस