कांग्रेस सभापति देउवाले भने : प्रेस स्वतन्त्रताका लागि कांग्रेस लड्छ

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सधै प्रेस स्वतन्त्रताका पक्षमा लड्ने बताएका छन् । देउवाले  आइतबार नेपाल पत्रकार महासंघको नेतृत्वले आफ्नै निवास बूढानीलकण्ठमा पुगेर बुझाएको ज्ञापन पत्र बुझ्दै  आफ्नो पार्टी प्रेस र अभिव्यक्ति स्वतन्त्रको पक्षमा सदैव उभिएको दाबी गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो पार्टी लडिरहने प्रतिबद्धता पनि व्यक्त गरे। उनले भने, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको लागि अनिवार्य हो ।  कांग्रेस त्यसको विपक्षमा सोच्न पनि सक्दैन ।’

उनले पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकार प्रेसप्रति अनुत्तरदायी भएको आरोप समेत लगाउँदै प्रेसमाथिको ज्यादतीप्रति भर्सना समेत गरेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस