औषधिदेखि फोटोकपी पेपरसम्ममा भ्रष्टाचार भइरहेकोछ : कांग्रेस सांसद मल्ल

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाका सांसद एवं नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्लले सरकारले औषधिदेखि फोटोकपी पेपरसम्म भ्रष्टाचार गरिरहेको बताएका छन् । उनले कुनै दिन मसानघाटमा समेत भ्रष्टाचार भएको सुन्न पाइने बताए ।

तेश्रो अधिवेशन अन्त्य हुनुपूर्व बिहीबारको प्रदेश सभा बैठकमा बोल्दै उनले सरकारले औषधिदेखि पेन ड्राइभ, फोटोकपी पेपर र अक्सीजन प्लान्टमा करोडौंको भ्रष्टाचार गरेको बताएका हुन् । यस्ता कुराहरु पटकपटक संसदमा उठाउँदा समेत सरकारका मन्त्रीहरुले जवाफदेहीता देखाएनन् भन्दै अब कुनै दिन प्रदेश सरकारले मसानघाट र प्रसूति गृहमा समेत भ्रष्टाचार गरेको सुन्न पाइनेछ बताए ।

वैशाख १२ गते आइपुग्दासम्म विकास निर्माणका कुराहरुमा अख्तियारी नदिइएको गुनासोसमेत उनले गरे । ‘पटक(पटक संसदमा कुरा आउँदा समेत विकास निमार्णमा छुट्टयाएको रकममा अख्तियारी दिइएन,’ उनले थपे ।

उनले दैवीप्रकोप, विपद् तथा दुर्घटनामा राहतका कुरालाई सरकारले उपहास गरेको आरोप समेत लगाएका थिए । उनले सार्वभौम संसदलाई उपेक्षा गर्ने सरकारको शैलीलाई नेपाली कांग्रेसले स्वीकार नगर्ने भन्दै सत्तापक्षलाई जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण पनि गराए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति करिब ३० अर्ब

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds