मौसम सुधारका देखिएन लक्षण, एक/दुई दिन बिराएर पानी परिरहने

काठमाडौं । काठमाडौं उपत्यका र वरपरको जिल्लाको मौसम आज विहानैदेखि धुम्म छ । र काठमाडौं वरपर भएको बदलीले विहानैदेखि वर्षा गराएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका पूर्वी क्षेत्रका भू–भाग तथा  मध्य  र पश्चिमका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

मौसमविद विभूति पोखरेलले देशका पूर्वी क्षेत्रका केही स्थानमा तथा मध्य  र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपराह्नपछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जानकारी दिइन् ।

पोखरेलका अनुसार प्रि–मनसुनमा अघिल्ला वर्षका तुलनामा बढी पानी पर्ने देखिएको छ भने एक-दुई बिराएर मौसमको अवस्था यस्तै हुने सम्भावना छ । यद्यपि, अहिले चैत–वैशाख हावाहुरीको समय भएपनि आज त्यस्तो सम्भावना नदेखिएको उनको भनाइ छ ।

महाशाखाले शुक्रवार राति देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जानकारी दिएको छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना भने छ ।

शनिबार दिउँसो पनि देशको पूर्वी तथा मध्य भू–भाग र पश्चिमका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पूर्वी भू–भागका थोरै स्थानमा र मध्य तथा पश्चिमी पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर मेघ गर्जनसहित हल्का वर्षात हुनसक्ने पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार राति भने पूर्वी भू–भाग तथा मध्य र पश्चिमका पहाडी भू–भागमा आंशिक  बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

१५ गते आइतबार दिउँसो देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले आफ्नो बुलेटिनमा जनाएको छ ।

देशको पूर्वी  भू–भागको थोरै स्थानमा अपराह्नतिर मेघ गर्जनसहित हल्का वर्षा हुने तथा राति देशका पहाडी भेगमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढी पहिरो : यी सडक अझै अवरूद्ध (नामसहित)

काठमाडौं । अविरल वर्षासँगै बाढीपहिरोले देशका विभिन्न सडक अझै अवरुद्ध छन् । प्रहरी प्रधान कार्यालयले …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds