काठमाडाैं । धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने भएको छ। धावनमार्गको मर्मतसम्भारका साथै विमानस्थलको स्तरोन्नति गर्न एक महिनाका लागि हवाई सेवा बन्द गर्न लागिएको हो।
आगामी बैसाख २२ देखि जेठ २१ सम्म विमानस्थलमा हुने सम्पूर्ण उडान बन्द गरिने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए। त्रिभुवन विमानस्थलपछि सबैभन्दा लामो धावनमार्ग भएको यो विमानस्थलमा काठमाडौंबाट बुद्ध एयर, श्री एयर, नेपाल एयरलाइन्सले नियमित उडान भर्ने गरेका छन्।
१० वर्षमा धावन मार्गको स्तरोन्नति गर्नुपर्ने भएपनि विगत १४ वर्षदेखि धावनमार्गको स्तरोन्नति गरिएको थिएन। यसपटक झण्डै २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग, पार्किङ क्षेत्र विस्तार लगायतको कार्य हुने प्रमुख बुढथापाले जानकारी दिए।
प्रतिकृया दिनुहॊस