असिनापानीले पाँच करोडको क्षति

बागलुङ । गलकोटमा आएको असिनापानीले करिब पाँच करोडको क्षति पुर्‍याएको छ। आइतबारको असिनापानीका कारण गलकोट नगरपालिका वडा नम्बर १ ददिलाभाटीमा बढी क्षति पुगेको छ।  नगरपालिकाका करिब दुई दर्जनभन्दा बढी घरपरिवार बाढीका कारण विस्थापित भएका छन्। खोला आसपासमा रहेका तटीय क्षेत्र, हटिया बजार, नरेठाटी बजार तथा अन्य बजार क्षेत्र समेत जोखिममा परेका छन्। करिब  ३०० रोपनी खेतीयोग्य जमिनमा बाढी पसेको छ।

बाढीले बस्ती जोखिममा पर्दा सामान्य तटबन्ध गर्न करिब एक करोड ५० लाख लाग्ने गलकोट नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार करिब एक करोड बराबरको कृषि उपज तथा पशुचौपाया, करिब ५० लाख बराबरको खानेपानी, ५० लाख बराबरको लघु जलविद्युत् गृह, २० लाख बराबरको सिचाँइकुलो तथा  ग्रामीण सडक अवरुद्ध हुँदा एक करोड बराबरको क्षति पुगेको हो।

आइतबार असिनापानीले क्षति पुर्याएपछि सोमबार बसेको गलकोट नगरपालिका विपद व्यवस्थापन समितिको सर्वदलीय बैठकले बैठकले प्रभावितलाई राहत सहयोग गर्न विपत व्यवस्थापन कोष सञ्चालन गर्ने निर्णय गरेको छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २ सय ३२ पुग्यो

काठमाडौं । बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय ३२ जना पुगेको छ। भीषण …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds