अण्डाको मूल्य प्रतिगोटा तीन रुपैयाँ घट्यो

चितवन ।  नेपाल अण्डा उत्पादन संघले अण्डको मूल्य प्रतिगोटा तीन रुपैयाँ घटाएको छ। अण्डाको बजार सन्तुलन कायम राख्न सोमबारदेखि लागु हुने गरी मूल्य घटाएको संघले जनाएको छ। यसअघि प्रतिगोटा १३ रुपैँया पर्ने अण्डाको मूल्य १० रुपैयाँ निर्धारण गरिएको संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए।

नेपालमा हाल दैनिक ५० लाख वटा अण्डा उत्पादन हुने गरेको संघले जनाएको छ।  नेपालको एक मात्र आत्मनिर्भर पोल्ट्री व्यवसायमा विभिन्न समयमा देखा पर्ने समस्याले समग्र ठूलो नोक्सानी व्यहोर्नु परिरहेको संघले बताएको छ। अध्यक्ष कँडेलका अनुसार नेपालमा अहिले दैनिक एक करोड ९२ लाख रुपैयाँ नोक्सानी भइरहेको छ।  दानाको वर्तमान बजार मूल्य र अन्य खर्चका कारण उत्पादन लागत प्रतिगोटा अण्डाको १० रुपैयाँ ५० पैसा लाग्ने गरेको किसानको भनाइ छ।

अण्डा उत्पादक किसानले हाल प्रतिगोटा ६ रुपैयाँ ६६ पैसा मात्रै पाउँदै आएका छन्। तीन रुपैयाँ ८४ पैसा नोक्सान व्यहोरेर बेचिरहेको किसानको गुनासो छ। केही समयअघि मात्रै किसानले आन्दोलन गरेपछि अण्डाको मूल्य बढाइएको थियो। बर्ड फ्लुले पोल्ट्रीजन्य बस्तुको खपतमा नकारात्मक प्रभाव परेको अण्डा उत्पादक संघले जनाएको छ।

संघले दिनहँु घाटा सहनु परेको अवस्थातर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। उत्पादक र उपभोक्ताबीचमा रहेको अन्तर घटाउन र उपभोक्तालाई निर्धक्कसँग अण्डा र मासु उपभोग गर्ने वातावरण बनाउन सहयोगी भूमिका निर्वाह गर्न सरकारलाई आग्रह गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस