लिवियामा नयाँ संकट सुरु

काठमाडाैँ । सन् २०११ मा कर्नेल मुअम्मर गद्दाफीलाई सत्ताबाट हटाएर हत्या गरिएपछि अस्थिरतासँग जुध्दै आएको अफ्रिकी मुलुक लिवियामा पुनः संकट सिर्जना भएको छ।

सशस्त्र विद्रोही संगठनका नेता खालिफा हफ्तारले आफ्ना सेनालाई त्रिपोलीतर्फ अघि बढ्न आदेश दिएपछि नयाँ संकट सिर्जना भएको हो। योसँगै विद्रोही सेना त्रिपोलीको झण्डै ५० किलोमिटर नजिक पुगेको छ, जहाँ उनीहरूको अन्य सशस्त्र समूहहरूसँग संघर्ष भइरहेको समाचार संस्था अलजजिराले लेखेको छ।

राजधानी त्रिपोलीबाट लिवियाको अन्तराष्ट्रिय मान्यता प्राप्त सरकारले आफ्नो कामकाज चलाउँदै आएको छ। यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले हफ्तारसँग गरेको वार्ता पनि निष्कर्षविहीन भएको छ। उनले राष्ट्र संघ सुरक्षा परिषदमा पनि हफ्तारलाई रोक्न अपिल गरेका छन्।

हफ्तारको लिवियन नेसनल आर्मी त्रिपोलीतर्फ अघि बढिरहेका बेला पूर्वी शहर मिसरातामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थक सशस्त्र समूहले त्रिपोलीको रक्षाका लागि भन्दै आफूहरु तयारी अवस्थामा रहेको प्रतिक्रिया दिएको छ। त्रिपोलीमा हुन लागेको संघर्ष रोक्न राष्ट्र संघका महासचिव गुटेरेस, अमेरिका र युरोपेली मुलुकहरुले अपील गरेका छन्। त्यस्तै, रुस, फ्रान्स र बेलायतलेसमेत शान्तिका लागि अपिल गरेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री