उपाधि भिडन्तमा लिभरपुल र म्यानचेस्टर सिटीको रोचक प्रतिस्पर्धा

लिभरपुल । इंग्लिस प्रिमियर लिगको उपाधि भिडन्त रोचक बन्दै गएको छ। गए राति भएको खेलमा लिभरपुलले साथह्याम्टनमाथि जित निकालेर पुन: शीर्ष स्थानमा उक्लिएको हो।

लिभरपुलले साउथह्याम्टनलाई उसैको घरेलु मैदानमा ३-१ गोलले पराजित गर्यो। खेलमा अग्रता भने साउथह्याम्टनले लियो। लङले नवौं मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए।

लिभरपुलका लागि केइटाले ३६ मिनेटमा बराबरी गोल फर्काए। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलमा मोहमद सलाहले ८० मिनेटमा अग्रता दिलाए। खेल सकिन चार मिनेट बाँकी छदा हेन्डर्सनले लिभरपुलका लागि तेस्रो गोल गरे।

जितसँगै शीर्ष स्थानमा उक्लिएको लिभरपुलले ३३ खेलबाट ८२ अंक जोडेको छ। एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ८० अंक छ।

अब लिगमा लिभरपुलले पाँच खेल खेल्न बाँकी छ भने म्यानचेस्टर सिटीले ६ खेल खेल्न बाँकी छ। जसबाट उपाधिको टुंगो लाग्नेछ।

म्यानचेस्टर सिटीको बाँकी खेल 

क्रिस्टल प्यालेस, टोटनह्याम, म्यानचेस्टर युनाइटेड, बर्नली, लेस्टर, ब्रिङ्टन

लिभरपुलको बाँकी खेल 

चेल्सी, कार्डिफ, हडर्सफिल्ड, न्युकासल,वुल्भ्स

तपाईंको प्रतिकृया

लेखकबाट थप