सनराईज बैंकले २० जना कृषि प्राविधिकलाई रोजगारी दिने

काठमाडौँ । सनराईजले अधिकृत स्तरका कृषि कर्जा साहयकलाई नियुक्त गर्ने भएको छ । बैंकले  २० जना कृषि कर्जा साहयकलाई रोजगारी दिन भर्ना खुलाएको छ । राष्ट्र बैंकले कुल कर्जाको कृषिमा न्युनतम १० प्रतिशत लगानी हुनुपर्ने निर्देशन जारी गरेपछि बैंकले कृषिमा लगानी विस्तार गर्न नयाँ कृषि अधिकृत नियुक्त गर्न भर्ना खुलाएको बैंकले जनाएको छ ।

प्रविणता प्रमाणपत्र तहदेखि स्नातकोत्तरसम्मलाई पदास्थापन गर्ने बैंकको योजना छ । कृषिको प्राविधिक ज्ञान र कृषि कर्जाको अनुभव भएकाले दरखास्त हाल्न सक्ने छन् । भदौ १८ गते भित्र निवेदन  दिन सक्ने   बैंकले  जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री