सिटिजन्स बैंक इन्टरनेसनलले १७ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडाैं ।  सिटिजन्स बैंक इन्टरनेसनलले १७ प्रतिशत लाभांश वितरण गर्नेभएको छ । भदौं १ गते बसेको बैंक सञ्चालक समितिले गत आर्थिक वर्ष २०७३/७४ को वितरण योग्य मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।गत असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ६ अर्ब ९२ करोड १,६ लाख रुपैयाँ छ । उक्त पुँजीको १६ प्रतिशत बोनस शेयर र सोमा लाग्ने करको लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साथै, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी ११औ साधारण सभाबाट स्वीकृत भए पश्चात मात्र वितरण हुने बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री