नेप्सेको सेयर बेच्ने तयारीमा राष्ट्र बैंक

काठमाडाैँ । नेपाल स्टक एक्स्चेन्जको गत आर्थिक वर्ष खुद नाफा घटेको छ। सेयर कारोबारमा मन्दी आउँदा नेप्सेको खुद नाफा १० करोड १८ लाख रुपैयाँले घटेको हो।

एक्स्चेन्जका अनुसार गत आवमा कम्पनीले २६ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष ३७ करोड २० लाख कमाएको थियो। सेयर कारोबार उच्च हुँदा ब्रोकरको कमिसनसहित नेप्सेले लिने शुल्क बढ्न आउँछ, जसले आम्दानी बढाउँछ। तर कारोबार नै मन्दी भएपछि ब्रोकरको कमिसनसहित नेप्सेको आम्दानी समेत घट्न जान्छ।
नाफा घटे पनि नेप्सेले बाँड्ने लाभांश भने यसपटक बढ्ने भएको छ। यस पटक बैंकले ६६. ६७ प्रतिशत बोनस सेयर दिने भएको छ। गत आवमा बैंकले चुक्ता पुँजीको ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। ३० करोड चुक्ता पुँजी रहेको नेप्सेको सो बोनस वितरणपछि ५० करोड नाघ्नेछ।

नेप्सेको  हाल ३४.६ प्रतिशत स्वामित्व नेपाल राष्ट्र बैंकसँग तथा ५८.६६ प्रतिशत सरकारसँग छ। ६. १२ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकको तथा ०. ६२ प्रतिशत ब्रोकर संघको छ।

यसैबीच नेप्सेमा भएको स्वामित्व राष्ट्र बैंकले बेच्ने भएको छ। राष्ट् बैंकले स्वामित्व बेच्नका लागि नेप्सेलाई आग्रह गरेबमोजिम नेप्सेले विस्तृत लेखा परीक्षण प्रतिवेदन तयार पारेको छ। राष्ट्र बैंकले आफूसँग भएको सेयर बेच्नका लागि सहयोग गर्न भन्दै आग्रह गरेकाले डिडिए तयार पारिएको नेप्सेका एक अधिकारीले जानकारी दिए।

त्यसो त राष्ट्र बैंकले कुनै पनि कम्पनीको १० प्रतिशतभन्दा बढी सेयर राख्न नपाउने ऐनमा व्यवस्था छ। राष्ट्र बैंकसँग नेप्सेको ३४ प्रतिशत स्वामित्व ऐनविपरित छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अब भाटभटेनी भवनका छतमा विद्युत् प्लान्ट

काठमाडौं । भाटभटेनी सुपरमार्केटका भवनका छतबाट साढे १२ मेगावाटभन्दा बढी बिजुली निकालिने भएको छ । …

प्रतिकृया दिनुहॊस