प्राइम कमर्सियल बैंकको नयाँ शाखा पाँचथरको तुम्वेवा गाँउपालिकामा

काठमाडौं । प्राइम कमर्सियल बैंकले पाँचथरको तुम्वेवा गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ७० पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा तुम्वेवा गाँउपालिका अध्यक्ष होमनाथ थापाले शाखा कार्यालय तुम्वेवाको उद्घाटन गरेका हुन् ।
बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेका छन् । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य …

प्रतिकृया दिनुहॊस