राष्ट्रिय वाणिज्य बैंकको ७ वर्षे ‘डिबेञ्चर २०८९’ निष्कासनका लागि कुमारी क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ निष्कासनका लागि कुमारी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ, जसका लागि आज बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनाल र कुमारी क्यापिटलका सीईओ पुष्प शर्माले हस्ताक्षर गर्नुभयो।

यो ऋणपत्रको कुल निष्कासित कित्तामध्ये ६० प्रतिशत (१८ लाख कित्ता) अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको भाग संस्थागत तथा व्यक्तिगत तवरबाट निष्कासन गरिनेछ। बाँकी ४० प्रतिशत (१२ लाख कित्ता) अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको भाग सर्वसाधारणका लागि खुला हुनेछ।

‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ को वार्षिक ब्याजदर ६ प्रतिशत तोकिएको छ भने यसको अवधि सात वर्षको हुनेछ। राष्ट्रिय वाणिज्य बैंकले देशभरका ३१० शाखा कार्यालयमार्फत आफ्ना ग्राहकहरूलाई आधुनिक बैंकिङ तथा वित्तीय सेवाहरू उपलब्ध गराउँदै आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री