कृषि विकास बैंकको ‘स्वर्णिम अवसर’: किसानलाई अब ६.४९% ब्याजदरमा कृषि कर्जा

काठमाडौं । कृषि क्षेत्रको आधुनिकीकरण र किसानको सशक्तिकरणलाई मध्यनजर गर्दै कृषि विकास बैंक लिमिटेडले किसान तथा कृषि उद्यमीहरूका लागि ‘स्वर्णिम अवसर’ अभियान घोषणा गरेको छ। यस अभियान अन्तर्गत बैंकले कृषि कर्जामा हालसम्मकै न्यून ब्याजदर ६.४९ प्रतिशत लागू गरेको छ, जसले कृषकहरूलाई आत्मनिर्भर र व्यवसायमुखी बन्न ठूलो प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

बैंकले निर्धारण गरेको ५.४९ प्रतिशतको आधारदरमा अतिरिक्त १ प्रतिशत प्रिमियम जोडेर यो आकर्षक ब्याजदर कायम गरिएको हो। यस योजनाले दुग्ध उत्पादन, फलफूल खेती, तरकारी खेती, खाद्यान्न बाली उत्पादन तथा अन्य विविध कृषि उद्यममा संलग्न किसानहरूलाई सहज र सस्तो ब्याजदरमा ऋण प्राप्त गर्ने अवसर प्रदान गरेको छ।

बैंकका अनुसार यो योजनाले किसानहरूलाई परम्परागत कृषि प्रणालीबाट माथि उठेर आधुनिक तथा व्यावसायिक कृषि अपनाउन उत्प्रेरित गर्नेछ। यसले कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र समग्र ग्रामीण अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास बैंकले लिएको छ। कृषि विकास बैंक कृषि क्षेत्रको दिगो विकासका लागि निरन्तर प्रतिबद्ध रहेको र यस प्रकारका नवीन योजनाहरू भविष्यमा पनि ल्याउँदै जाने जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री