काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले युवा पुस्ता र प्रविधिमैत्री ग्राहकहरूलाई लक्षित गर्दै पूर्ण रूपमा डिजिटल र वातावरणमैत्री ‘सिटिजन्स स्मार्ट बचत खाता’ र अत्याधुनिक सुविधासहितको ‘सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ’ सेवाको सुरुवात गरेको छ। यसले बैंकिङ सेवालाई अझ सहज, सुलभ र आधुनिक बनाउने बैंकले जनाएको छ।
सिटिजन्स स्मार्ट बचत खाताका मुख्य विशेषताहरू:
-
न्यूनतम मौज्दात शून्य: यो खाता खोल्नका लागि कुनै न्यूनतम मौज्दातको आवश्यकता पर्दैन, जसले सबै वर्गका ग्राहकहरूलाई आकर्षित गर्नेछ।
-
निःशुल्क डी-म्याट खाता: खातावालहरूलाई पहिलो वर्षका लागि निःशुल्क डी-म्याट खाताको सुविधा प्रदान गरिनेछ।
-
निःशुल्क इन्टरनेट तथा मोबाइल बैंकिङ: पहिलो वर्षका लागि इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ सेवा निःशुल्क उपलब्ध हुनेछ।
-
निःशुल्क सी-आस्वा दर्ता: सेयर आवेदन प्रक्रियालाई सहज बनाउन निःशुल्क सी-आस्वा दर्ता सेवा प्रदान गरिनेछ।
-
डिजिटल उत्पादनहरूमा विशेष छुट: दोस्रो वर्षदेखि ग्राहकहरूले बैंकका सबै डिजिटल उत्पादनहरू (एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ) प्रयोग गरेमा हरेक वर्ष ५०% छुट प्राप्त गर्नेछन्।
-
पहिलो टपअपमा क्यास ब्याक: पहिलो मोबाइल टपअपमा ५०% वा अधिकतम रु. १०० सम्मको क्यास ब्याक सुविधा उपलब्ध छ।
-
अन्य बैंकको एटीएमबाट निःशुल्क नगद झिक्ने सुविधा: प्रति महिना २ वटा कारोबारका लागि अन्य बैंकको एटीएमबाट निःशुल्क नगद झिक्न सकिनेछ।
-
भिजा क्रेडिट कार्ड र ई-कम कार्डमा छुट: भिजा क्रेडिट कार्डमा ५०% र ई-कम कार्ड जारी शुल्कमा ५०% छुटको व्यवस्था गरिएको छ।
-
विदेशी विनिमयमा विशेष सुविधा: विदेशी मुद्रा सटहीमा ०.१० पैसाको विशेष सहुलियत प्रदान गरिनेछ।
-
वातावरण संरक्षणमा योगदान: खोलिएको प्रत्येक खाताबापत बैंकले एउटा वृक्षारोपण गरी वातावरण संरक्षणमा समेत योगदान पुर्याउनेछ।
सिटिजन्स स्मार्ट मोबाइल बैंकिङका विशेष तथा अद्वितीय सेवाहरू:
सिटिजन्स बैंकको मोबाइल बैंकिङ सेवा उद्योगकै उत्कृष्टमध्ये एक मानिएको छ। यसमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड लगायतका विभिन्न नवीन सुविधाहरू समावेश गरिएका छन्।
-
भर्चुअल क्रेडिट कार्ड: नेपालमै पहिलो पटक सिटिजन्स फोनपे भर्चुअल क्रेडिट कार्डको सुरुवात गरिएको छ। यसले ग्राहकहरूलाई क्यूआर स्क्यान, अनलाइन खरिद र ईएमआईमा सामान खरिद गर्न सहयोग पुर्याउनेछ। मासिक बिल समयमा भुक्तानी गरेमा ब्याजमुक्त ऋण सुविधा पनि उपलब्ध छ।
-
पे डे लोन (Payday Loan): मोबाइल बैंकिङ एपमार्फत तत्काल साना तथा छोटो अवधिका ऋणहरू प्राप्त गर्न सकिनेछ। ग्राहकले डिजिटल सीभीभी, शर्त तथा नियमहरू स्वीकार गरेपछि ऋण रकम तत्काल खातामा जम्मा हुनेछ।
-
मेरो आस्वा (My ASBA) मार्फत IPO/FPO/Right Share आवेदन: मोबाइल बैंकिङबाटै वास्तविक समयमा आईपीओ, एफपीओ र राइट सेयरका लागि आवेदन दिन सकिनेछ। यसमा आवश्यक रकम वास्तविक समयमा रोक्का हुने, शुल्क स्वतः कट्टी हुने र रकम स्वतः अनब्लक हुने सुविधा छ। अब मेरो सेयरमा छुट्टै लगइन गरी सीआरएन नम्बर सम्झिरहनु पर्ने छैन।
-
स्मार्ट सेवाहरू: मोबाइल बैंकिङको स्मार्ट सेवा खण्डबाट निम्न सेवाहरू उपलब्ध हुनेछन्:
-
कार्ड सम्बन्धी: नयाँ अनुरोध, पिन रिफ्रेस, पुनः पिन अनुरोध, कार्ड ब्लक, ई-एक्टिभेसन, कारोबार विवाद र कार्ड सम्बन्धी गुनासोहरू।
-
मोबाइल बैंकिङ/ई-बैंकिङ सम्बन्धी: इन्टरनेट बैंकिङ अनुरोध, मोबाइल बैंकिङ अनुरोध, मोबाइल पिन रिसेट र मोबाइल बैंकिङ गुनासोहरू।
-
डी-म्याट सम्बन्धी: मेरो सेयर अनुरोध, सीआरएन नम्बर अनुरोध, मेरो सेयर नवीकरण अनुरोध, मेरो सेयर पासवर्ड अनुरोध, डी-म्याट गुनासोहरू र सीआरएन हेर्ने।
-
क्यूआर मर्चेन्ट सेवाहरू: प्रयोगकर्ता नाम अनुरोध, दर्ता अनुरोध, पासवर्ड रिसेट अनुरोध, खाता नम्बर परिवर्तन अनुरोध, क्यूआर गुनासोहरू र मोबाइल नम्बर परिवर्तन अनुरोध।
-
-
लकर बुकिङ अनुरोध: ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार मोबाइल बैंकिङबाटै लकर बुक गर्न सक्नेछन्।
-
मुद्दती खाता खोल्ने सुविधा: २४ सै घण्टा मोबाइल बैंकिङमार्फत सजिलै मुद्दती खाता खोल्न सकिनेछ।
-
चेक रोक्का: चेक हराएमा तत्काल मोबाइल बैंकिङबाटै चेक रोक्का गर्न सकिनेछ।
-
प्यान अपडेट: ग्राहकहरूले केही ट्यापमै आवश्यक कागजातहरू अपलोड गरी मोबाइल बैंकिङबाटै आफ्नो प्यान नम्बर अपडेट गर्न सक्नेछन्।
-
ब्यालेन्स तथा टीडीएस प्रमाणपत्र: मोबाइल बैंकिङबाटै ब्यालेन्स सर्टिफिकेट र टीडीएस सर्टिफिकेटका लागि अनुरोध गर्न सकिनेछ, जुन दर्ता गरिएको इमेलमा पठाइनेछ।
-
राष्ट्रिय परिचयपत्र लगायत कागजात अपडेट: राष्ट्रिय परिचयपत्र र रेमिट्यान्स आईपीओ बचत खाताका कागजातहरू मोबाइल बैंकिङबाटै सजिलै अपडेट गर्न सकिनेछ।
-
कार्डलेस निकासी: ग्राहकहरूले सिटिजन्स बैंकका एटीएमहरूबाट मोबाइल बैंकिङ प्रयोग गरी कार्ड बिना नै नगद निकाल्न सक्नेछन्।
-
टेलर क्यूआर: बैंकका काउन्टरहरूमा राखिएको टेलर क्यूआर स्क्यान गरेर मोबाइल बैंकिङमार्फत नगद झिक्न सकिनेछ। यो सुविधा फोनपे नेटवर्कमा आबद्ध अन्य बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि पनि उपलब्ध छ।
-
ट्याप एण्ड पे (Tap and Pay): यो एक अफलाइन भुक्तानी समाधान हो जसले इन्टरनेट नभएको स्थानमा पनि एनएफसी ट्याग वा सीपीक्यूआर कोड (ग्राहकद्वारा प्रस्तुत क्यूआर कोड) प्रयोग गरी व्यापारीलाई भुक्तानी गर्न सक्षम बनाउँछ।




