सरकारले गर्‍यो १५ जना सहसचिवको सरुवा

काठमाडौं । सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा र कामकाजमा खटाउने निर्णय गरेको हो ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले सहसचिवको सरुवाबारे जानकारी दिए । ‘राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने, कामकाज गर्न खटाउने निर्णय भएको छ,’ उनले भने ।

सरुवासँगै, नयाँ कार्य क्षेत्रका लागि सहसचिवहरूलाई जिम्मेवारी दिइनेछ । यस निर्णयले सरकारी प्रशासनमा नयाँ ऊर्जा र कार्यक्षमता थप्ने अपेक्षा गरिएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री