बंगलादेशमा संसदीय चुनाव आज

बंगलादेश । बंगलादेशमा आज संसदीय निर्वाचन हुँदैछ।  तीन सय सिटका लागि हुने प्रत्यक्ष निर्वाचनमा  १० करोड मतदाताले ४० हजार १ सय ९९ मतदान केन्द्रमा मतदान गर्नेछन्।  निर्वाचनमा सत्तारुढ अवामि लिग र प्रतिपक्षी बंगलादेश नेशनलिष्ट पार्टीबीच मुख्य प्रतिस्पर्धा हुनेछ। निर्वाचनको सुरक्षाका लागि ६ लाख सुरक्षाकर्मी खटाईएको छ।

तीन सय ५० सदस्यीय संसदमा ३ सय सिटका लागी प्रत्यक्ष निर्वाचन हुने छ भने बाँकी ५० सिटमा महिला प्रतिनिधि मनोनित हुनेछन्।   मौन अवधि सुरु भएदेखी नै बंगलादेशमा ईन्टरनेट सेवा आज मध्यराति सम्मका लागि बन्द गरिएको छ।

चुनाव अघि भएका प्रदर्शनका त्रलममा ५ जनाको मृत्यु भएको छ भने २ हजार ६ सय ८२ जना घाईते भएका छन्। प्रधानमन्त्री शेख हसिना र पूर्व प्रधानमन्त्री खालिदा जियाबीचको कडा टक्करका रुपमा यो निर्वाचनलाई लिईएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्ट पेमार्फत बैंकस्तरीय भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिटी …

प्रतिकृया दिनुहॊस