एलजी नेपालले ल्यायो ‘खुसीको ४० वर्ष’ विशेष दसैँतिहार अफर

काठमाडौं । एलजीले ‘खुसीको ४० वर्ष’ नामक दसैँ–तिहार अभियान सार्वजनिक गरेको छ । दसैँतिहारमा उपभोक्तालाई थप उत्साहित बनाउन एलजीले आकर्षक छुट र उपहारसहित विशेष स्किम सुरु गरिएको जनाएको छ ।

नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध अभियानअन्तर्गत उपभोक्ताले ४० प्रतिशतसम्म नगद छुट र उपहार प्राप्त गर्न सक्नेछन् ।

मुख्य आकर्षण

  • फ्रन्ट लोड वासिङ मेसिन (११ केजी सम्म) – ६ केजी एरियल म्याटिक उपहार
  • फ्रन्ट लोड वासिङ मेसिन (१३ केजी+) – इन्डक्सन चुलो उपहार
  • टप लोड / ट्विन टब वासिङ मेसिन – ३ लि. एरियल लिक्विड उपहार
  • डिशवाशर – २ प्याक डिशवासिङ ट्याब्लेट उपहार
  • साइड–बाइ–साइड फ्रिज – माइक्रोवेभ ओभन उपहार
  • डबल डोर फ्रिज (३०८ लि. सम्म) – प्रेसर कुकर उपहार
  • डबल डोर फ्रिज (३४० लि.+) – मिक्सर ग्राइन्डर उपहार
  • माइक्रोवेभ ओभन – कुकिङ किट उपहार
  • एयर कन्डिसनर – निःशुल्क इन्स्टलेसन

अतिरिक्त सुविधा

  • शून्य प्रतिशत ईएमआई (अन–द–स्पट, नो–कस्ट) – सजिलो किस्ताबन्दी खरिद
  • ३२” वा सोभन्दा ठूलो टिभी किन्दा – ९ महिनाको नेट टिभी सब्स्क्रिप्सन

दसैँतिहार अफर भदौ १६ गतेदेखि नेपालभर सीमित अवधिसम्म लागु हुने कम्पनीले जनाएको छ ।

नेपाली इलेक्ट्रोनिक्स बजारमा ४० वर्षदेखि एलजीले घरायसी उपकरण, होम इन्टरटेनमेन्ट, एयर सोलुसनलगायत अत्याधुनिक प्रविधिसहित उपभोक्ताको जीवनलाई सहज र आधुनिक बनाउन निरन्तर योगदान दिँदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री