लम्कीचुहाकी मेयर शाही ‘शी लिड्स आइकन’मा, उत्कृष्ट ७ का लागि भोटिङ जारी

काठमाडौं । स्थानीय तहका ३१ प्रेरणादायी महिला जनप्रतिनिधि छनोटमा कैलालीको लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाही पर्न सफल भएकी छिन् । ‘शी लिड्स आइकन’ कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गतको कार्यक्रम हो ।

स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरू (प्रमुख/उपप्रमुख) का सुकर्मलाई सञ्चार गर्ने उक्त कार्यक्रममा प्रमुख शाही ३१ प्रेरणादायी महिला जनप्रतिनिधिमा छनोट भई पुरस्कृत समेत भइन् । अहिले ‘शी लिड्स आइकन’मा उत्कृष्ट सात जना जनप्रतिनिधि छान्नका लागि भोटिङ सुरु भएको छ ।

३१ जनप्रतिनिधिबाट ७ जना भोटिङबाट छानिने हुँदा आफूलाई भोट गरी उत्कृष्ट ७ जनप्रतिनिधिमा पुर्‍याउन उनले आग्रह गरेकी छिन् । यही पुस २२ गते उत्कृष्ट ७ जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री