कम्युनिष्टको स्वभाव विचित्रः यी हुन् पादरीको पाउमा पर्ने प्रभावशालीहरु

काठमाडाैं । ‘क्रिस्चियन मिसनरी’ बाट सञ्चालित युनिभर्सल पिस फेडेरेशनको सम्मेलनमा सत्ता–प्रतिपक्षका थुप्रै नेताको नग्नता छताछुल्ल भएको छ। १६ मंरिसमा विवादास्पद संस्था ‘युनिभर्सल पिस फेडेरेशन’ले प्रधानमन्त्री ओलीलाई १ लाख डलरको ‘गुड गभर्नेन्स अवार्ड’ प्रदान गर्यो।

फेडेरेशनले प्रधानमन्त्री ओलीलाई दिएको यो अवार्ड एकातिर सत्तामाथिकै व्यंग्य थियो भने अर्कातिर त्यसले नेताहरुलाई नांगेझार बनाउँदै थियो। ‘गुड गभर्नेन्स अवार्ड’ का लागि ओलीले प्रभावशाली कदम चालेकाले नभई उनलाई प्रभावमा पार्न विवादास्पद संस्थाले १ लाख डलर राशीको पुरस्कार दिएको बुझ्न कठिन छैन। यो खबर आजको नेपाल साप्ताहिकमा माधव बस्नेतले लेखेका छन्।

नेपालका कम्युनिष्टहरु विचित्र स्वभावका छन्। आफूलाई अनुकूल नहुँदा यिनीहरु कार्लमाक्र्सकै शव्द सापटी लिएर ‘धर्म अफिम हो’ भन्दै मानिसको आस्थामा प्रहार गर्छन। अनेक घटनाक्रमले देखाउँछ, आफूलाई पायक परे किसिम किसिमका प्रभुको शरण पर्नेमा तिनै कम्युनिष्ट हुन्छन्। अहिलेसम्म पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्राई, मनमोहन अधिकारीलाई समेत संस्थाका संस्थापक सुन म्युन मुनले भेटेर प्रभावमा पार्ने प्रभावमा पार्ने प्रयास गरेका थिए।

त्यसपछि गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, पूर्वसभामुख तारानाथ रानाभाट, पूर्व उपराष्ट्रपति परमानन्द झालाई युनिभर्सल पिस फेडेरेशनले नेतृत्व तथा सुशासन पुरस्कार दिइसकेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री