‘नेपाल एडभेन्चर एक्स्पो’ हुँदै

काठमाडौं । ‘नेपाल एडभेन्चर एक्स्पो’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । एआर भेन्चर्सको आयोजनामा ‘नेपाल एडभेन्चर एक्स्पो’ यही सेप्टेम्बर २८ तारिख शनिबार बिहान १० देखि साँझ ६ बजेसम्म नागपोखरीस्थित अरण्य बुटिक होटेलमा आयोजना हुने कार्यक्रमका आयोजक सोनाम जाङ्बु शेर्पाले जानकारी दिए ।

कार्यक्रमलाई नेपाल पर्यटन बोर्डले सहकार्य र प्रवर्द्धन गर्नेछ । शेर्पाका अनुसार यसअघि नेपालमै पहिलोपटक ‘नेपाल एडभेन्चर एक्स्पो’को पहिलो संस्करण दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको थियो ।

यसपटकको एक्स्पोमा १०० भन्दा बढी ब्रान्डका ५० वटा स्टल राखिने बताइएको छ ।

यो पटक दुई हजारभन्दा बढीलाई भ्रमण गराउने योजना रहेको शेर्पाले बताए । उक्त एक्स्पोमा ५० देखि १०० वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको स्टल राखिने छ । साथै एक्स्पोमा राखेका विभिन्न ब्रान्डले आफ्नो ब्रान्डलाई अन्वेषण गर्ने प्लेटफर्म पाउने उनले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिविमा २०५८ यताकालाई मौका परीक्षाको अवसर (सूचनासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ साल तथा त्यसपछि लिएका परीक्षामा छुटेका विद्यार्थीहरूले अब मौका परीक्षा दिन पाउने भएका छन् । त्रिविले ०५८ तथा त्यसपछि विभिन्न कारणले परीक्षा दिन छुटेका विद्यार्थीका लागि मौका परीक्षा दिने व्यवस्था गरेको हो ।

प्रतिकृया दिनुहॊस