child-death/एकै घरका दुई बालिकाको सर्पले डसेर मृत्यु

घरको बिजुलीको प्लगमा औंला हाल्दा करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु

काठमाडौँ । सर्लाहीको गोडैता नगरपालिका-१० सिसौटियामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय सुदिश चौधरीका दुई वर्षीय छोरा आयुषकुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

घरमै खेल्ने क्रममा विजुलीको प्लगमा औंला हालेका आयुषको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । करेन्ट लागेर अचेत बनेका बालकको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक : ५६.७८ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्थात् १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन् । २०८० मा सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षा गत साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो ।

प्रतिकृया दिनुहॊस