काठमाडौंबाट ४५ यात्रु लिएर भारत जाँदै गरेको बस नवलपुरमा पल्टियो

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज बिहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफै अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । बस पल्टिँदा बसका २३ जना यात्रु घाइते भएका छन् । बसमा करिब ४५ जना यात्रु सवार रहेकामा अन्य यात्रु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । घाइतेको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको उनले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिविमा २०५८ यताकालाई मौका परीक्षाको अवसर (सूचनासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ साल तथा त्यसपछि लिएका परीक्षामा छुटेका विद्यार्थीहरूले अब मौका परीक्षा दिन पाउने भएका छन् । त्रिविले ०५८ तथा त्यसपछि विभिन्न कारणले परीक्षा दिन छुटेका विद्यार्थीका लागि मौका परीक्षा दिने व्यवस्था गरेको हो ।

प्रतिकृया दिनुहॊस