ई-सेवाले ल्यायो दशैंतिहार चाडपर्वको अफर, कारोबार गर्दा नयाँ कार जित्न सकिने

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले दशैंतिहार तथा छठ पर्वको अवसर पारेर ‘ई-सेवा महाउत्सव : ई-सेवाको कारोबारमा नामीको दामी कार’ अफर सार्वजनिक गरेको छ।

यस अफर अन्तर्गत असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म ई- सेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरूमध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन्। कार जित्न योग्य हुनको लागि आफ्नो आवश्यकता अनुरूप ई- सेवाका जुनसुकै सेवाको प्रयोग वा ई- सेवाबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिनेछ।

यसका साथै, १०० रुपैयाँको खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आईफोन १६ पनि जित्न सक्नेछन्। मात्र १०० रुपैयाँमा यो खेल खेल्न सकिने कम्पनीले बताएको छ ।

तर त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रुपमा फिर्ता नै पाउनेछन्। त्यसैगरी, दैनिक र साप्ताहिक रुपमा पनि आकर्षक अफर र उपहार जित्न सकिने छ।

दैनिक अफर अन्तर्गत अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रुपमा अफर आउने छ। उक्त सेलमा प्रयोगकर्ताहरुले तोकिएको समयमा अधिकतम छूट तथा क्यासब्याक पाउन सक्नेछन्।

साप्ताहिक रुपमा आउने अफरमा भने हरेक हप्ताको मंगलरबा ई-सेवाका विभिन्न सेवाहरु, मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पीकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छूट तथा क्यासब्याक पाउन सकिने छ।

यी अफरहरूबारे थप जानकारीहरु आफ्नो फेसबुक, इन्स्टाग्राम पेज लगायतका आधिकारिक सामाजिक सञ्जालहरू मार्फत प्राप्त गर्न सकिने पनि कम्पनीको भनाइ छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इसेवा मनि ट्रान्सफरको काठमाडौंमा घर जित्ने विजेता घोषणा

काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत …

प्रतिकृया दिनुहॊस