आइसरले ल्यायो ‘दशैंको हर्ष,आइसरको वर्ष योजना

काठमाडौँ । बतास एमएडब्लू, बतास मोरङ अटो वर्कस् कमर्सियल भेहिकलले दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दशैंको हर्ष, आइसरको वर्ष’ अफर योजना ल्याएको छ ।

दशैंको हर्ष, आइसरको वर्ष अफर योजना अन्तरगत ग्राहकहरुका लागि आइसरका कुनै पनि स्कुल बस, कमर्सियल बस, ट्रकको खरिदमा ७० प्रतिशतसम्मको सरल फाइनान्स, २५ लाखसम्मको इन्स्योरेन्स तथा एक्सचेन्जको सुबिधा प्रदान गरिने कम्पनीले बताएको छ ।

यस योजनाले हाम्रा सबै ग्राहकहरूलाई बिशेष प्राथमिकताका साथ गाडि सञ्चालकहरु, चालकहरू, शिक्षण संस्थाहरू, निर्माण कम्पनीहरू आदिलाई लक्षित गरेको छ । यो योजनामा चालकहरूको लागि बीमा (चालक–मालिक), शून्य सेवा लागत (गाडी सञ्चालकहरु) तथा टुर प्याकेजहरू (निर्माण कम्पनीहरूका लागि), ल्यापटपहरू, प्रोजेक्टरहरू (शिक्षण संस्थाका लागि) समावेश गरिएका छन् । यो योजना यहि असोज १ गतेदेखि नेपालभर लागू हुने पनि कम्पनीले बताएको छ ।

ग्राहकहरुले आइसरका देशभरीका शो रुमबाट यो अवसरको लाभ लिन सक्नेछन् । आइसर बतास एमएडब्लूले आधिकारिक रूपमा आइसरका गाडीहरु बिक्री गदै आइरहेको छ । नेपालमा आइसरका ११ शाखाहरु, ४ डिलरहरु छन् ।

आइसरले अत्याधुनिक रात्री बस पनि भित्र्याइसकेको छ । यसले नेपालमा लामो रुटका बसमा विद्यमान समस्याहरुलाई हल गर्ने लक्ष्य लिएको कम्पनीका कार्यकारी निर्देशक दिपक अग्रवालले बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ठमेल प्लाजाले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग

काठमाडाैं । ठमेल प्लाजा होटल एण्ड सुइटसले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds