सभामुखले बोलाए प्रमुख दलका प्रमुख सचेतक र सचेतक

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् बैठकअघि छलफलका लागि बोलाए प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई बोलाएका छन् । घिमिरेले बिहान ११ बजे सिंहदरबारमा राष्ट्रिय दल-नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक/सचेतकलाई बैठकका लागि बोलाएका हुन् ।

दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक अवरोध गर्ने जनाएपछि सभामुख घिमिरेले दलहरूलाई छलफलका लागि बोलाएका हुन् । माओवादीले प्रतिनिधिसभामा ‘हिंसा’ शब्द नसच्याएसम्म बैठक अवरुद्ध गर्ने जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य