काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा थप नयाँ एटीएम सञ्चालनमा ल्याएको छ ।
यात्रु तथा कर्मचारीलाई सुविधा पुऱ्याउने उद्देश्यले आगमन कक्षमा नयाँ एटीएम सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानको यात्रु प्रस्थान स्थलमा एउटा तथा अन्तर्राष्ट्रिय आगमन कक्षमा २ वटा एटीएम सञ्चालनमा ल्याइसकेको छ ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८८ एटीएमहरू, ११ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
प्रतिकृया दिनुहॊस