सूर्यज्योति र हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बिमालेख नवीकरणमा ३५ प्रतिशत छुट दिने

काठमाडौं । बिमालेख परिपक्व नहुँदै त्याग गर्ने बिमितको संख्या बढ्न थालेपछि धमाधम बिमा कम्पनीहरुले नविकरणमा छुट दिन थालेका छन् । समपर्ण नगरी बिमालेख त्याग्नेहरुका लागि बिमा कम्पनीहरुले नवीकरणमा छुट दिन थालेका हुन्।

बिहीबार दुई कम्पनीले अधिकतम ३५ प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन्। हिमालयन लाइफ इन्स्योरेन्सले ३ वर्षको व्यतित भइसकेको बिमालेखमा शतप्रतिशत छुट दिँदा ३ वर्षदेखि ५ वर्षसम्मका लागि ३५ प्रतिशत, ५ वर्षदेखि ७ वर्षसम्मका लागि ३५ प्रतिशत र ७ वर्षमाथिका लागि २५ प्रतिशत छुट दिने घोषणा गरेको हो।

हिमालयनले २३ असारसम्मका बिमालेख नवीकरण गर्नेलाई उक्त छुट दिने निर्णय गरेको हो।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले पनि असार २१ गतेसम्म व्यतित बिमालेखको पुनर्जागरण/नवीकरण गर्ने बिमितलाई नवीकरणबापतको शुल्कमा ३५ प्रतिशतसम्म छुट दिने जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने

काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र स्वास्थ्य बीमा बोर्डबीच स्वास्थ्य बीमा सेवा लागू गर्ने …

प्रतिकृया दिनुहॊस