अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालनमा

काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा थप नयाँ एटीएम सञ्चालनमा ल्याएको छ ।

यात्रु तथा कर्मचारीलाई सुविधा पुऱ्याउने उद्देश्यले आगमन कक्षमा नयाँ एटीएम सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानको यात्रु प्रस्थान स्थलमा एउटा तथा अन्तर्राष्ट्रिय आगमन कक्षमा २ वटा एटीएम सञ्चालनमा ल्याइसकेको छ ।​​​​​

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८८ एटीएमहरू, ११ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट ३ अर्ब ३३ करोड ऋण लिने, यी क्षेत्रमा परिचालन गरिने

काठमाडौँ । ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर (करिब ३ अर्ब ३३ करोड …

प्रतिकृया दिनुहॊस