सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अल्जजिराबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

काठमाडौं । यूएईको ख्यातिप्राप्त अल्जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । यूएईमा रहेका नेपालीहरूले अल्जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५ हजारभन्दा बढी एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिन्छ । नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाइल वालेटमा लोड गर्न सकिनेछ । यस सम्झौताका आधारमा यूएईमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सहज र गुणस्तरीय विप्रेषण सेवा प्रदान हुने विश्वास लिन सकिन्छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा र रेमिट्यान्स भुक्तानी सुचारु गरेको छ । अल्जजिरा एक्सचेन्जबाट पठाएको रकम सिटी पे वालेटमार्फत प्रोमो कोड सीईटीवाई १०० प्रयोग गरी भुक्तानी लिँदा १०० रुपैयाँसम्म बोनस पाउन सकिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सबै प्लेटफर्मका लौयल्टी प्वाइन्ट फोनपोइन्ट्समा, ईसेवासँग सम्झौता

काठमाडौं । एकीकृत लौयल्टी म्यानेजमेन्ट प्लेटफर्म फोनपोइन्ट्स र ईसेवाबीच एक सम्झौता भएको छ । यस …

प्रतिकृया दिनुहॊस