माछापुच्छ्रे बैंकद्वारा १० प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने भएको छ । मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भए उक्त लाभांश वितरण हुनेछ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रूपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रूपैयाँ ८१ पैसा कायम गरेको थियो ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ र साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ संचित रहेको बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भैरहवामा कतार एअरवेजको नियमित उडान

काठमाडाैं । कतार एअरवेजले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ । …

प्रतिकृया दिनुहॊस