ग्लोबल आइएमई बैंक र बयोधा अस्पतालमा बीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र बयोधा अस्पतालमा बीच सम्झौता भएको छ ।  दुई संस्थाबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा ७ प्रतिशतसम्म छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

 

उक्त सम्झौतापत्रमा बयोधा अस्पतालका महाप्रबन्धक सञ्चालन उत्तम थापा र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे। सम्झौतापश्चात बयोधा अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा कम्पनीका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा सो मात्राको छुट पाउने छन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् …

प्रतिकृया दिनुहॊस