नेकपा सचिवालय बैठक आज, यस्ता छन् एजेन्डा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक  आज बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउसो ३ बजे बस्ने बैठकमा सरकारको समीक्षा र भावी कार्ययोजनाबारे छलफल गर्ने तयारी छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘पार्टीको सांगठनिक एकता र सरकारका कामको समीक्षा बैठकका एजेन्डा रहेको जानकारी दिए । सरकारका भावी कार्ययोजनाबारे पनि बैठकमा छलफल हुने उनले बताए ।

‘सांगठनिक एकीकरण, सरकारको समीक्षा र भावी कार्ययोजना बैठकका एजेन्डा छन्’ सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । यसअघि नेकपा सचिवालय बैठक कात्तिक ८ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस