रुसी सेनामा भर्ना भएका प्युठानका युवकको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ना भएका एक अर्का युवाको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको प्युठान नगरपालिका वडा नं. ४ काठेवरका सोनु सुनार रहेका छन् ।

उनको युक्रेन रुस युद्धमा मृत्यु भएको खबर आएको हो उनका छिमेकी खगेश्वर थापाले जानकारी दिए । सोनुसँगै रहेका र अहिले घाइते भएका एक जना नेपालीले उनको मृत्युको खबर दिएको उनले बताए ।

नेपाली कांग्रेस, प्युठानका उपसभापतिसमे रहेका वर्माले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन् । मृतक सुनार दुई वर्षअघि दुबई गएका थिए, उनी उतैबाट रुस गएका बुझिएको छ ।

हालसम्म रुसी सेनामा कार्यरत ११ नेपालीको निधन भएको छ । यसअघि परराष्ट्र मन्त्रालयले १० जनाको निधन भएको विवरण सार्वजनिक गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री