एनमएबी बैंकको सञ्चालकबाट बाहिरिए पवन गोल्यान, सीबीफीनबाट समेत राजीनामा दिने

काठमाडौं । एनएमबी बैंकका अध्यक्ष पवन कुमार गोल्यान संचालक समितिबाट बाहिरिएका छन् । उनी बैंककाे संचालकमा छनोट नै हुन नसकेका स्रोतले जनाएकाे छ ।

८ वर्ष बैंकको नेतृत्व गरेका गोल्यान अब ४ वर्ष संचालन समितिबाट बाहिर रहेन छन् । आज बैंकको साधारण सभा बसिरहेको छ । साधारण सभाबाट संचालक समितिसमेत तय हुनेछ ।

अबको संचालक समतिमा मनोज गोयल, एफएमओको प्रतिनिधि, संचय कोषको प्रतिनिधि प्रमोटर सेयरधनीबाट चुनिएका छन् भने पब्लिकबाट उत्तम भ्लोन लामा, शिशिर मुरारका र हरि सुवेदी चयन भएका छन् । स्वतन्त्रबाट बन्दना पाठक सञ्चालक समितिमा चयन भएकी छन् ।

यी सदस्यहरुमध्येबाट मनोज गोयललाई अध्यक्ष चयन गर्ने सहमति भएको बैंक स्रोतले जनाएको छ । बैंकको संचालक समितिबाट गोल्यान बाहिरिएपछि बैंकका अध्यक्षहरुको छाता संस्था बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सीबीफीन)को अध्यक्षबाटसमेत राजीनामा दिने तयारी गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्यमा लगानी कोष

काठमाडौँ । नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको बताएको छ । कोषको …

प्रतिकृया दिनुहॊस