कुमारी बैंकले घटायो ब्याजदर

काठमाडौं । कुमारी बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले प्रकाशित गरेको सूचनामा पुस महिनाको तुलनामा ब्याजदर घटाइएको उल्लेख छ ।

अब बैंकले माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८ दशमलव ११ प्रतिशत ब्याज दिने छ भने न्यूनतम ६ दशमलव ५० प्रतिशत ब्याज दिने छ । पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकले अधिकतम ९ दशमलव ३१ प्रतिशत ब्याज दिएको थियो ।

बैंकले १ वर्षभन्दा बढी अवधिका व्यक्तिगत मुद्दति निक्षेपमा ८ दशमलव ११ प्रतिशतका दरले ब्याज दिनेछ । त्यसैगरी, बैंकले संस्थागत मुद्दतिमा भने अधिकतम ६.११ प्रतिशत र न्यूनतम ५.२५ प्रतिशत ब्याज दिने छ । पुसमा महिनामा संस्थागत मुद्दतिमा ७.३१ प्रतिशत थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवा विकास बैंकको वित्तीय साक्षरतामुलक प्रभातफेरी

काठमाडौं । कामना सेवा विकास बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्तर्गत सोमवार …

प्रतिकृया दिनुहॊस